नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसरी सोमबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो।
त्यस्तै, आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँ रहेको चाँदी सोमबार ४० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९९५ रुपैयाँ पुगेको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १०:४५ सोमबार





