३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मुल्य बढेको छ।

आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार उक्त सुन २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदी ४ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी ४ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २ वैशाख २०८३ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App