नेपाली सुनचाँदी बजारमा बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
यससँगै आज सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०८३ ११:४५ बिहीबार





