२८ असार २०८३ आइतबार
image/svg+xml
बजार

सुनको मूल्य बढ्दा चाँदी घट्यो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार उक्त सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार १८० रुपैयाँमा कारोबार भईरहेको  महासंघले जनाएको छ।

प्रकाशित: १२ असार २०८३ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App