३ वैशाख २०८३ बिहीबार
image/svg+xml
बजार

आरबीजी इन्टरनेसनल बन्यो टाउरिनको नेपालका लागि आधिकारिक बिक्रेता

क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी टाउरिन एमपीएसको नेपालका लागि आधिकारिक बिक्रेता (डिलर) आरबीजी इन्टरनेसनल चयन भएको छ । काठमाडौंमा आयोजित एक औपचारिक समारोहकाबीच टाउरिन एमपीएस र आरबीजी इन्टरनेसनलबीच व्यवसायिक साझेदारीको सहमति भएको हो ।

समारोहमा टाउरिन एमपीएसका ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन तथा अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पथानियाको उपस्थितिमा उक्त सहमति गरिएको हो ।​​

कार्यक्रममा आरबीजी इन्टरनेशनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रविरञ्जन कुमार र निर्देशक श्यामल झा लगायत उपस्थित थिए । कम्पनीको उपस्थिति हाल उत्तर अमेरिका, रसिया, मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार भइसकेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

सन २००५ मा स्थापित टाउरिन एमपीएस लिमिटेडले इन्जिनियरिङ उत्कृष्टता, उच्च कार्यसम्पादन तथा ग्राहककेन्द्रित समाधानमार्फत बलियो प्रतिष्ठा निर्माण गरेको छ । उच्च सम्भावना भएका बजारहरूमा आफ्नो उपस्थिति सुदृढ गर्ने रणनीतिक कदमका रूपमा आरबीजी इन्टरनेशनललाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा नियुक्त गरेको कम्पनीले जनाएकाे छ ।

आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड सन् २०१९ मा स्थापना भएकाे कम्पनी हाे । याे कम्पनीले नेपालभर एडमिक्स्चर केमिकल, निर्माण उपकरण, च्ःऋ एक्सेसरीज तथा वाटरप्रुफिङ समाधानहरूमा सक्रिय रूपमा कार्य गर्दै आएको छ । कम्पनीले आफ्नो प्राविधिक दक्षता र परियोजना केन्द्रित कार्यशैलीमार्फत बजारमा बलियो विश्वास निर्माण गरेको छ ।

यस साझेदारीअन्तर्गत आरबीजी इन्टरनेशनलले टाउरिन एमपीएसको क्रस प्लान्ट क्षेत्रमा प्रवेश गर्नेछ, जहाँ गुणस्तरीय उपकरणका साथसाथै बिक्रीपछिको सेवा, न्यून डाउनटाइम र दीर्घकालीन भरपर्दो सञ्चालन सुनिश्चित गरिनेछ ।

यस साझेदारीले नेपालमा अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानहरूको पहुँच वृद्धि गर्ने तथा देशको पूर्वाधार विकास र औद्योगिक प्रगतिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित: २५ चैत्र २०८२ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App