२१ वैशाख २०८३ सोमबार
image/svg+xml
बजार

शुक्रबार तीन हजार ४०० रुपैयाँले बढ्यो सुन

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको भाउ बढेको हो।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९६ हजार १०० रुपैयाँ पुगेको महासंघले बताएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। बिहीबार प्रतितोला चार हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३५ रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: १८ वैशाख २०८३ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App