५ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

साताको पहिलो दिन तीन हजारले बढ्यो सुन

साताको सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि यो दुई लाख ३५ हजार रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला तीन हजार १२५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २६ आश्विन २०८२ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App