२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
बजार

सुनको मूल्यमा वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएको थियो।

सुनको मूल्य उकालो लागे पनि चाँदीको मूल्यमा भने स्थिर रहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ४१० मा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App