४ श्रावण २०८३ सोमबार
image/svg+xml
बजार

एकैदिन ६ हजार दुई सयले बढ्यो सुन, चाँदी पनि महँगियो

नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ। 

आज सुन एकौदिन प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँग आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १८ असार २०८३ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App