१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
बजार

३२ सयले बढ्यो सुन

स्थानीय बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन हजार २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ।

आज छापावाल सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। चाँदी तोलामा १७० रुपैयाँले बढेर पाँच हजार ५९५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App