नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य दुई लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो (मंगलबार) सुन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसरी सुनको मूल्य एकै दिनमा सात हजार ४०० रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी चार हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्यमा एक सय रुपैयाँको वृद्धि भएको छ।
सोमबार सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार सुनको मोल प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७२० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १८ चैत्र २०८२ १०:४८ बुधबार





