१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्य ६ हजार ७०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला छ हजार ७०० रुपैयाँले वृद्धि भएर कारोबार हुँदैछ।

सोमबार दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर दुई लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चार हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला चार हजार ८४५ रुपैयाँ पुगेको छ। यसअनुसार चाँदीको मूल्यमा आज १४५ रुपैयाँ वृद्धि भएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App