बिहीबार (आज) नेपाली बजारमा सुनको मूल्य एकैदिन सात हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर तीन लाख चार हजार नौ सय रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला चार हजार पाँच सय ८० रुपैयाँ रहेको चाँदी बिहीबार एक सय ४५ रुपैयाँले बढेर चार हजार सात सय २५ रुपैयाँ पुगेको छ।
प्रकाशित: १८ भाद्र २०८३ १०:५४ बिहीबार





-600x400.jpg)