१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

बढ्यो सुनको मूल्य, घट्यो चाँदी

स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेर कारोबार भइरहेको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको थियो। 

त्यस्तै चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने घटेको छ। यसअघि चाँदी तीन हजार ९०५ रुपैयाँ पुगेको थियो। 

यसरी सुन तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदी ८० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: २८ मंसिर २०८२ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App