मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसरी सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।
दसैंअघि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ थियो। दसैंपछि बजार खुल्दा आइतबार सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घटेर दुई लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यसयता भने सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला तीन हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले घटेर तीन हजार ९७० रुपैयाँमा झरेको छ।
प्रकाशित: १० कार्तिक २०८३ १०:४१ मंगलबार





-600x400.jpg)