१७ असार २०८३ बुधबार
image/svg+xml
बजार

सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मंगलबार पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ४,५०० ले घटेर रु २ लाख ७७ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला रु १,४०० ले घटेर रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो।  

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेर रु ४ हजार २८५ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर रु ४ हजार ३१० मा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ। 

प्रकाशित: १६ असार २०८३ ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App