१८ चैत्र २०८२ बुधबार
image/svg+xml
बजार

सुन २५ सयले घट्यो, चाँदी पनि सस्तियो

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले घटेको हो।

महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताए।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको व्यवसायीहरू बताउँछन्।

प्रकाशित: १६ चैत्र २०८२ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App