२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
बजार

एकैदिन ४६ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

आज सुन एकैदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ९० रूपैयाँले घटेर चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८३ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App