नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तीन लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा बिक्री भएको चाँदी सोमबार पाँच हजार ४१० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो।
प्रकाशित: २५ फाल्गुन २०८२ ११:०२ सोमबार





-600x400.jpg)