१७ श्रावण २०८३ आइतबार
image/svg+xml
बजार

साताको पहिलो दिन सुन र चाँदी सस्तियो

स्थानीय बजारमा साताको पहिलो दिन आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज साताको पहिलो दिन एक हजार ८०० रुपैयाँले घटेर दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। 

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य थपघट देखिएको छ। गत शुक्रबार प्रतितोला चार हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेर चार हजार ३१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८३ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App