२७ असार २०८३ शनिबार
image/svg+xml
बजार

सुन र चाँदीको मूल्यमा भारी गिरावट : सुन तोलामा १० हजार १०० ले घट्यो

नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। 

अघिल्लो दिन (मंगलबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार नेपाली बजारमा सुनको मूल्य  प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। तर, आज बुधबार मूल्यमा भारी गिरावट आएसँगै सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कायम भएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि आज उच्च गिरावट देखिएको छ। हिजो मंगलबार प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७४० रुपैयाँमा झरेको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App