पछिल्ला केही दिनदेखि स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ। चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो।
आज एक तोला चाँदीको मूल्य रु चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित: ६ पुस २०८२ १२:०० आइतबार


-600x400.jpg)


