स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ। सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १८ कार्तिक २०८२ ११:१२ मंगलबार





