१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

सुन र चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको बताइएको छ।

प्रकाशित: १२ चैत्र २०८२ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App