गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा मंगलबारको तुलनामा सुन तोलामा नौ सय रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार दुई सय २५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित: ४ असार २०८२ ११:०४ बुधबार