९ पुस २०८२ बुधबार
image/svg+xml
बजार

नेपालमा ईभी चार्जिङमा नयाँ फड्को : मर्कन्टाइल ग्रुप र गो इसीबीच ऐतिहासिक सहकार्य

नेपालको इलेक्ट्रिक मोबिलिटीका लागि भविष्य उज्यालो बनाउन मर्कन्टाइल ग्रुप र भारतको गो इसी अटोटेक प्रा.लि.बीच सहर्काय घोषणा भएको छ । सहकार्यले देशभर चोबिसै घण्टा स्वचालित ईभी चार्जिङ स्टेशनहरू स्थापना गर्दै प्रयोगकर्तालाई भरपर्दो, सुलभ र पारदर्शी सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।  

काठमाडौंमा एक कार्यक्रमबीच मर्कन्टाइलका प्रमुख लगानी अधिकृत आमोद राजभण्डारी तथा गो इसीका सीईओ पीजी रामनाथ र संस्थापक एपी जफरले सम्झौता पत्रमा हस्ताक्षार गरे ।  

दुवै समूहबीच नेपालभर अत्याधुनिक चार्जिङ स्टेशन निर्माण गर्ने, ३.३ किलोवाटदेखि २२ किलोवाट क्षमताका ईभी चार्जरहरू तथा ६० किलोवाट क्षामताका डिसी फास्ट चार्जरहरू नेपालमा जडान गर्ने सहमती भएको छ । नेपालको सहरी क्षेत्रमा ईभी प्रयोगकर्तको संख्या बढाउन आवश्यक रणनीति बनाउने उल्लेख गर्दै दुवै समूहका प्रतिनिधिले नवीकरणीय र हाइड्रोजन ऊर्जामा समेत भविष्यमा लगानीको सम्भावना औंल्याएका छन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै गो ईसीका सिईओ रामनाथले भने, “नेपालको आवश्यकतासँग हाम्रो प्रविधि र अनुभव मिल्दोजुल्दो छ। मर्कन्टाइलसँगको सहकार्यले नेपालमा ईभी चार्जिङ पूर्वाधारलाई एक नयाँ स्तरमा पुर्यारउनेछ।”

मर्कन्टाइलका प्रमुख लगानी अधिकृत राजभण्डारीले भने, “ईभी क्षेत्रमा नेपालले सकारात्मक पाइलाहरू चालेको छ। हामी यो सहकार्यलाई दीर्घकालीन र दिगो बनाउने प्रतिबद्धता लिएका छौं।”

गो ईसीका संस्थापक जफरले भने, “यो व्यापार मात्र होइन, पृथ्वी र भावी पुस्ताको लागि जिम्मेवारी हो।”

सन् २०२१ मा कोची, भारतमा स्थापना भएको गो ईसी अटोटेको क्षेत्रमा एक भरपर्दो र विश्वसनीय ईभी पूर्वाधार कम्पनी हो ।  जसले भरपर्दो र तीव्र चार्जिङ स्टेशन सञ्जाल विकासमा केन्द्रित रहेको छ।  

सन् १९५१ देखि नेपालमा अग्रणी व्यवसायिक घराना रहेको मर्कन्टाइल ग्रुपले आसिटी क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै वित्त, ऊर्जा, कृषिवन, र पूर्वाधारजस्ता विभिन्न क्षेत्रमा विस्तार गरेको छ। 

प्रकाशित: १४ जेष्ठ २०८२ १८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App