१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

हुन्डाई नेपालद्वारा भरतपुर, चितवनमा क्रेटा इभी सार्वजनिक

नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ।

हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापाक नेटवर्कले गर्दा उपभोक्ताहरुको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्राण्डहरुमध्ये एक बनेको छ।

कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी सम्बन्धी साेच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ। धेरैलाई EV खरीद गर्दा स्पेयर पार्टसको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्राेल मोडलको निर्माण कार्य थालिसकेको छ। क्रेटा EV र ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या हुनेछैन। 

साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन RE-Lax चार्जिङ्गकाे नेटवर्क विस्तार गर्दैछ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारू भैसकेको छ। त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्राेल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्टस र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरररहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २९ गते (१२ मे २०२५) मा पिनाकल ट्रेडिङ प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा EV सार्वजिनक गरेको हो। यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको छ। 

कार्यक्रम स्थलबाट ५ वटा क्रेटा EV ग्राहकहरूलाई गरिएको छ। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रममा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रर्दान गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०८२ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App