कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य तोकेको छ। तरकारी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार तोकिएको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) ४५ रुपैयाँ, आलु रातो ३४ रुपैयाँ, आलु रातो (भारतीय) ३८ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३८ रुपैयाँ, गाजर (लोकल) ४० रुपैयाँ, गाजर (तराई) २५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, मूला रातो ४५ रुपैयाँ, मूला सेतो (लोकल) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ तोकिएको छ।
मटरकोसा १०० रुपैयाँ, घिउ सिमी (लोकल) ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ७० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, भटमास कोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ३० रुपैयाँ, परबर (लोकल) ५० रुपैयाँ, परबर (तराई) ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३० रुपैयाँ, झिगुनी ८० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, सलगम ८० रुपैयाँ, भिण्डी ५० रुपैयाँ छ।
सखरखण्ड ६० रुपैयाँ, बरेला ५० रुपैयाँ, पिँडालु ९० रुपैयाँ, स्कूस ५० रुपैयाँ, रायो साग ६० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुरको साग ९० रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, मेथीको साग ८० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, बकुला ५० रुपैयाँ, तरुल १०० रुपैयाँ, च्याउ (कन्य) २२० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ तोकिएको समितिले जानकारी दिएको छ।
निगुरो ५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन १०० रुपैयाँ, कोइरालो २३० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, जिरीको साग ६५ रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १४० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ छ।
स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फूजी) ३४० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती २९० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर (हरियो) २०० रुपैयाँ, अङ्गुर (कालो) २५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, तरबुजा हरियो ५० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर (प्रतिगोटा) २०० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ, रुख कटहर ८० रुपैयाँ, नासपाती (चाइनिज) २६० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, मेवा (भारतीय) १२० रुपैयाँ, अम्बा १२० रुपैयाँ, उखु (प्रतिगोटा) ८० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) २५० रुपैयाँ, किबी ४५० रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ तोकिएको छ।।
अदुवा १०० रुपैयाँ, खुर्सानी सुकेको ४२० रुपैयाँ, खुर्सानी हरियो ६० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) ६० रुपैयाँ, खुर्सानी हरियो (माछे) ५० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) ४०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, लसुन हरियो १०० रुपैयाँ, हरियो धनिया १५० रुपैयाँ, लसुन सुकेको (चाइनिज) ३२० रुपैयाँ, लसुन सुकेको (नेपाली) ३०० रुपैयाँ, ताजा माछा (रहु) ३२० रुपैयाँ, ताजा माछा (बचुवा) २६० रुपैयाँ, ताजा माछा (छडी) २४० रुपैयाँ, रुख टमाटर १६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ छ। रासस
प्रकाशित: २१ वैशाख २०८२ ०६:४७ आइतबार





