नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटा योधा १.५टीको क्षेत्रीय लन्च वीरगंजमा सम्पन्न गरेको छ। व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब वीरगंजका ग्राहकहरूका लागि सहजरूपमा उपलब्ध हुनेछ ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालसहितका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गाडी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी, तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरूको प्रशंसा गरे ।
उनले भने, “टाटा मोटर्सले सधैं नेपाललाई प्राथमिक बजारको रूपमा लिएको छ। सिप्रदीले निरन्तररूपमा गुणस्तरीय सवारी साधन र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको छ । योधा १.५टी को प्रवेशले स्थानीय व्यवसायीहरूलाई उत्कृष्ट पिकअप विकल्प प्रदान गर्नेछ ।”
सो अवसरमा सिप्रदी सीभी सेल्सका एजटीएम कृष्ण चन्दले टाटा योधा १.५टी को टिकाउपन, उच्चभारबहन क्षमता र व्यवसायिक कुशलताका फाइदाहरू बारे जानकारी गराएका थिए ।
“टाटा योधा १.५टी सिर्जनशील प्रविधि र उत्कृष्ट प्रदर्शनको नमूना हो । यसको उच्चतम पेलोड क्षमता, शक्तिशाली इन्जिन, तथा अप्ठ्यारा बाटामा सहज चल्ने क्षमताले व्यवसायीहरूलाई थप फाइदा पुर्याउने छ। हामी विश्वास गर्छौंकि योधा १.५टी नेपाली व्यवसायका लागि उत्तम साझेदार बन्नेछ ।”
टाटा योधा १.५टी का प्रमुख विशेषताहरू:
✅शक्तिशाली थ्रीएल (२९५६सीसी) डीजल इन्जिन–२५० एनएम टर्कसहित
✅१५०० किलोग्राम (१.५ टन) सम्मको भारबहन क्षमता
✅३०प्रतिशत ग्रेडि एबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
✅मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव
✅४*२ तथा ४*४ विकल्पमा उपलब्ध
प्रकाशित: ११ चैत्र २०८१ २०:०१ सोमबार