१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २:२७ पूर्वाह्न
बजार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा

कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परीसूचक १०.९८ अंकले घटेर २,६७७.३२ बिन्दुमा कायम भएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

सोमबार ३२२ स्टकको ७४ हजार ८६४ पटकको कारोबारमा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार ८ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको थियो ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थीर रह्यो।

न्यादी हाइड्रोपावर र गार्डीयन माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

कारोबार रकमका आधारमा सोमबार नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २४ करोड ४४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ८.८४ प्रतिशतले नाफा गरेका हुन् । 

एनएमबी ऋणपत्रका लगानीकर्ताले ६.४३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.७८ प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित: २८ माघ २०८१ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App