६ भाद्र २०८३ शनिबार
image/svg+xml
अपराध

होस्टलमा युवक हत्या प्रकरण : थप पाँच जना पक्राउ, एक फरार

काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको थियो। घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ समेत परेका थिए।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा २२ वर्षीय वसन्त कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको थियो।

घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ।

प्रकाशित: ६ भाद्र २०८३ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App