३ भाद्र २०८३ बुधबार
image/svg+xml
अपराध

६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्।

रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई निजकै घरमा जबरजस्ती करणी गरी फरार रहेका जिल्ला सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन्।

घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको टोलीले उनलाई तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बिसुंखेमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३ भाद्र २०८३ १६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App