२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अपराध

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा, पत्नी अनुजा श्रेष्ठ पक्राउ

फाइल तस्बिर

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा खेपिरहेका नेकपा एमालेका नेता ऐन महर एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंले महरविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर ठहर गर्दै एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। सोहीअनुसार महरले धरौटी बुझाएपछि अदालतबाट रिहा भएका हुन्।

तर, सोही कसुरमा महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित: ७ पुस २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App