७ भाद्र २०८३ आइतबार
image/svg+xml
अपराध

थाइल्याण्डबाट ल्याइएको ८ किलो गाँजासहित दुई म्यानमारका नागरिक पक्राउ

प्रहरीले ८.२३८ किलो गाँजासहित दुई जना म्यानमारका नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोले नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत थाइल्याण्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएका दुई म्यानमारका नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा याङ्गुन, म्यानमार निवासी २७ वर्षीय आए थिदा आङ र २१ वर्षीय ने थु रेन रहेका छन्।

शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोचर शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुको सुटकेसबाट ८.२३८ किलोग्राम गाँजा बरामद गरेको हो।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८३ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App