लागुऔषधका कारोबारमा संलग्न दुई भारतीय पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालपय पकडी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैंरहवाको संयुक्त टोलीले कपिलवस्तु नगरपालिका-८ कुवागाउँमा ७९ दशमलव ६४ ग्राम खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
युपी ५५ वाई ०६३८ नम्बरको मोटरसाईलमा भारतको दुनेथा दमलका ३९ वर्षीय विनोद कुमार निसाद र उत्तर प्रदेश शोहरतगढका २७ वर्षीय शिवरतन पक्राउ परेको प्रहरी उपरीक्षक संतोष आचार्यले बताए ।
मोटरसाईकल चालक निसादको साथबाट लागु औषध र डिजिटल तराजु बरामद भएको उनले बताए । पक्राउ परेकालाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रकाशित: १७ कार्तिक २०८२ २१:२४ सोमबार





