७ चैत्र २०८२ शनिबार
image/svg+xml
अपराध

सुन्धाराको होटलमा बन्धक बनाएर २० लाख माग्ने दुई भारतीय पक्राउ

नेपाल प्रहरीले अपहरण र शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरको टोलीले भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूले भारत हरियाणाका २६ वर्षीय अंकित कुमारलाई झुक्याएर नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने भनी काठमाडौं ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए।

दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग २० लाख रुपैयाँ फिरौती मागेको सूचनाका आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरिएको छ। रासस

प्रकाशित: १ कार्तिक २०८२ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App