२९ मंसिर २०८२ सोमबार
image/svg+xml
अपराध

स्रोत नखुलेको २८ लाखसहित दुई पक्राउ

धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट स्रोत नखुलेको नगद २८ लाख ३ सय ५० रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यूपि ३१ सिएन ११७५ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक हरचित र कारमा सवार सागरलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ कार्तिक २०८२ २२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App