९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

१६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवनमा प्रहरीले १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका-१०, चिप्लेटीबाट पूर्व-पश्चिम राजमार्गतर्फ जाँदै गरेको बा ५८ च ०२३-०३-०३ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।

बिहान करिब ३ः४० बजे शंकास्पद रूपमा गुडिरहेको कारलाई रोकेर खानतलासी गर्दा कारको पछाडिको डिक्कीभित्र रातो प्लास्टिकले बाहिरबाट सेतो टेपले बेरी लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

चारपाटे आकारमा रहेका १२ वटा पोकाबाट १६८ किलो गाँजा बरामद गरिएको हो। प्रहरीले कार चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App