४ भाद्र २०८३ बिहीबार
image/svg+xml
अपराध

३२.५८ ग्राम हेरोइन र ४ लाख नगदसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौंमा प्रहरीले ३२.५८ ग्राम खैरो हेरोइन र ४ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषधको कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका-६ बाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-६ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका-७ का ४१ वर्षीय अजय दास रहेका छन्।

लागूऔषध खैरो हेरोइन कारोबार गरिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ३२.५८ ग्राम हेरोइनसँगै नेपाली नगद ४ लाख रुपैयाँ, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८३ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App