२१ पुस २०८२ सोमबार
image/svg+xml
अपराध

प्रहरी बनेर ठग्ने दुई जना पक्राउ

प्रहरी बनेर ठग्ने दुई जना पक्राउ परेका छन् । उनीहरूले औषधी पसल तथा विभिन्न ठाउँमा डर त्रास देखाउँदै असुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।  

नियन्त्रणमा लिनुको कारण खुलाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भने, ‘काठमाडौंका विभिन्न औषधी पसलमा गई हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भनि पसलको खानतलासी गरी तपाइले लागु औषध तथा अवैध औषधी बेच्नु भएको छ, हामी तपाइलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।’

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधी पसलबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।  

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको नमोबुद्ध नगरपालिका ५ घर भइ गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष ३७ को आकाश भन्ने नानीबाबु लामा तथा दोलखा, मेलुङ गाउँपालिका ६ घर भइ काठमाडौं महानगरपालिका ६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ छन् ।

प्रकाशित: १६ पुस २०८२ १९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App