एकै दिन लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बढैयाताल गाउँपालिका–७ स्थितबाट लागूऔषधसहित बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका २३ वर्षीय सरोजकुमार थारु र २३ वर्षीय रुपेश थारुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनीहरु दुवै जना भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा २ सय ६० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी बढैयाताल गाउँपालिका–८ सिमापुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका मधुवन नगरपालिका–९ का २५ वर्षीय आशिक तामाङ नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ सय ६० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
तीनै जनालाई नियन्त्रणमा लिई बिहीबार अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।
प्रकाशित: १३ भाद्र २०८२ ०९:२३ शुक्रबार




-600x400-wm.jpg)
