कैलालीमा करिब साढे तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन्।
विशेष सुराकिको आधारमा प्रहरीले छापा मार्दा कैलालीको अत्ततिया बजारको छुट्टाछुट्टै ठाउँबाट चरेससहित ३ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।
अत्तरियामा एक किलो २३६ ग्राम चरेससहित गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
यसैगरी, अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ममता सेकुवा सेन्टरबाट २ किलो ९५ ग्राम चरेससहित सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी उपमहानगरपालिका–१ बस्दै आएका कञ्चनपुरका ५२ वर्षीय मीनराज भट्टलाई पक्राउ परेको प्रहरिले बताएको छ।
प्रकाशित: १५ असार २०८३ ११:०१ सोमबार





