काठमाडौं प्रहरीले चोरीका दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित एक घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो।
खोजीका क्रममा प्रहरीले चन्द्रागिरि नगरपालिका-२ गोकुलपाटीबाट मोटरसाइकलको लक तोड्न प्रयोग हुने सामग्री, दुई थान सिम, दुई थान मोबाइल, दुईवटा मोटरसाइकल र नेपाली नगद ५५ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-७ घर भई चन्द्रागिरि नगरपालिका-१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी-७ कै २२ वर्षीय आकाश तामाङ र गजुरी-७ मै घर भएका २१ वर्षीय बेलबहादुर तामाङ रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: १० आश्विन २०८३ ०९:३० शनिबार




-600x400.jpg)
