१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।

बुधबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका मोरङ, लाङटाङ नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो। उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रक र चालक बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ का अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०८३ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App