२४ पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

सिन्धुलीमा अवैध बन्दुकसहित तीनजना पक्राउ

सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।  

दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार ,५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाई छिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुकसहित  नियन्त्रणमा लिएको हो ।  

बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ कार्तिक २०८२ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App