२९ माघ २०८२ बिहीबार
image/svg+xml
अपराध

धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सांकेतिक तस्बिर

धादिङमा एक जना युवा आफ्नै आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्।

यमबहादुरले आइतबार राति धारिलो हतियार खुँडाले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले नागरिकन्युजलाई जानकारी दिए।

उनका अनुसार प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ। 

यस घटनाले गाउँ नै स्तब्ध भएको एसपी रिजालले बताए।

प्रकाशित: २० आश्विन २०८२ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App