१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

चोरी तथा लुटपाटमा संलग्न फरार कैदीबन्दीसहित ६ जना पक्राउ

सांकेतिक तस्बिर

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ निकोसेरा ढुङ्गेधाराको एउटा घरमा रहेका एकजना वृद्धलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  

निकोसेरा बस्ने ७६ वर्षीय कृष्णभक्त कासुलाको १ तल्ले घरको झ्यालबाट दुई जना अपरिचित मानिसहरु प्रवेश गरी कासुलाको टाउकोमा दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-३ घर भई हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २७ वर्षीय विक्रम थापा, काभ्रेपलान्चोक रोशी गाँउपालिका- १ घर भई हाल कमलविनायक नै बस्ने ३० वर्षीय रामबहादुर तामाङ, रोल्पा परिवर्तन गाँउपालिका-४ घर भई हाल कमलविनायकमै बस्ने ४३ वर्षीय लोकेन्द्र पुन, उदयपुर बेलटार घर भई हाल सोही स्थान बस्ने ४० वर्षीय राजु राई छन् ।  

पक्राउ परेकामध्ये विक्रम थापा र रामबहादुर तामाङ चोरी, लुटपाट र लागू औषध अपराधमा, विगतदेखि नै संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कुटपिटबाट घाइते भएपछि कासुलाई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा थप उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याइएको डिएपी प्रकाश जबेगूले बताए । सोही घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।  

भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासत कक्षबाट फरार भएको विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरका सिन्धुपाल्चोक जुगल-२ गोल्छे घर भई हाल मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघर बस्ने ३० वर्षीय निकेश राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०८२ १७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App