४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अपराध

लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसमाग्ने प्रहरी वरिष्ठ हवल्दार पक्राउ

सांकेतिक तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दारलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ।

आयोगका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उक्त रकमसमेत बरामद गरिएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रकाशित: १३ वैशाख २०८३ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App