२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अपराध

जनमतका केन्द्रीय सचिव बीपी साहमाथि बलात्कार मुद्दा

सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भन्ने विशेश्वरप्रसाद साहमाथि जबरजस्ती करणी मुद्दा दायर भएको छ । २०८१ चैत्र ३१ गते एक महिलाले आफूलाई साहले जर्बजस्ती करणी गरेको आरोपसहितको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिकाकी २८ वर्षीया महिलाले घरमा कोही नभएको बेला मौका छोपेर साहले आफूलाई जर्बजस्ती करणी गरेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । साहमाथि प्रहरीले मुद्दा दर्ता गरेपछि उनी अहिले प्रहरीको फरार सूचमी छन् ।  

साह भने निरन्तर सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । आरोपित साह विगत एक हप्तादेखि जेन-जी प्रदर्शनमा सहभागि भएका तस्बिर सामाजिक सञ्जालमा राखिरहेका छन् ।  

साविक रघुनाथपुर गाविस हाल सबैला नगरपालिका १२ का साह फरार रहेकोले उनको तीन पुस्ते विवरण खुलाइ पठाइदिन जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा २०८२ भदौ ५ मा पत्र पठाइएको छ । दुई दिनभित्र विवरण खुलाई पठाइदिन पत्रमा उल्लेख गरिएको छ ।

वडाध्यक्ष रामनारायण अधिकारीले आफू बिरामी परी कार्यालय नगएकाले पत्र बारे खासै जानकारी नभएको बताए । वडासचिव नन्द ठाकुरले जिल्ला प्रहरी कार्यालयको पत्र प्राप्त भएको तर त्यसको जवाफ प्रहरीलाई पठाइए/नपठाइएको बारे आफूलाई जानकारी नभएको बताए ।  

पत्र प्राप्त भएको विषय वडासचिव ठाकुरले स्वीकार गरे पनि यसको जवाफ प्रहरीलाई गए नगएको वडाध्यक्षलाई मात्रै जानकारी भएको उनले नागरिकलाई बताए ।

 

प्रकाशित: २८ भाद्र २०८२ २१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App