२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

१७ लाख ठगेको आरोपमा पूजा माइतीघरबाट पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

काठमाडौं महानगरपालिका-१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

शाहीमाथि एक जना पीडितसँग बेलायत पठाइदिने भन्दै १७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेको आरोप रहेको छ। उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ४ श्रावण २०८३ २२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App